Last modified on 2 दिसम्बर 2020, at 22:36

भुइँ टेकेर बाँच्नेहरू - ५ / रेमिका थापा

पौरखी मगरनी
बिछट्टै राम्रो समला जानेकी !

चिनेकै एजेन्टको माध्यम
डिस्कोमा गाउन थाली ।

मालिक रिझाउन
जानेको समला सप्पै बिर्सिपठाई ।

आहा ! संसारै अँगालोमा बाँधु भन्ने उमेर
सहरमा भने खुट्टा टेक्ने ठाउँ छैन।

मैले डोको घोप्टा'को ठाउँमा
कसको यो बडेमानको बिल्डिङ हँ ?

आफ्नो पनि त यतिञ्जेल
घरजम भइसक्नुपर्ने  !

कतिको भरपर्दो होला नी
यो साप्ताहिक मेट्रिमोनियल्स ?

घर-द्वार कोठेबारीसहित
स्थानीय शहरकै कुनै पौरखी मगरको
प्रस्ताव पो आइहाल्ला कि !