Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=स...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= गीता त्रिपाठी
|अनुवादक=
|संग्रह=सिमलको गीत / गीता त्रिपाठी
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
सबैभन्दा छोटो हुन्छ
सपनाको आयु
सपनाभन्दा छोटो छ बाँचेरीको उमेर .

घाउहरूको सञ्चित घर
युगहरूको अवशेष हो उसको जीवन
यही युगको कविता खोज्न निस्केको म
राराकी गर्भवतीझैँ
कष्टको अविराम कर्णालीमा
आइपुगेको छु, र,
सुसाउँदै छु मुगुका उदासीहरू

आमा बन्नु पनि कत्रो अभिसाप !
न बोक्न सक्नु
न बिसाउन सक्नु !
गान्धारीको गर्भमा बसेको
जड समयको प्रतिनिधिझैँ
को हो त्यो उसको कोखामा
बारबार यसरी हानिरहने ?

यत्ति निष्ठुरी छ यो बाँचेरीको गर्भ
मात्र चालिस बर्षे औसत आयु पनि
सिसिफसको नियति भएको छ उसलाई!

आफ्नो युगको आफैसँगको प्रतिस्पर्धी
यतिबेला आफैभित्र महसुस गर्दै छे ऊ
एउटा सुकेनास युग जन्माउने तरखरमा
भर्खरै उसले अन्तिम पटक घुमाएकी छ, आँखाको नानी !
र नानीभित्रको बाँकी उज्यालो
भर्खरै खसेको छ, राराको पानीमा ।

कैयौँ आउने जाने समयले
यही पानीमा हेरेका छन् आफ्ना अनुहारहरू
भर्खर त्यही पानीमा
अनुहार हराएर फर्किएकी छ, बाँचेरी!

</poem>
Mover, Reupload, Uploader
10,400
edits