1,692 bytes added,
14:16, 8 फ़रवरी 2022 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=रवीन्द्र शाह
|अनुवादक=
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
केटा- एक फेर हाँसेर बोलिदिए पो
यो दिल दिनेछु राखिदिए पो
केटी- म त तिम्रै हुँ नि किन रोएको
छातीमुनि तिम्रै तस्वीर लुकाइराखेको
केटा- कोइलीको मीठो बोली सुनिदेऊ आज
एकैफेर चिम्लिदेऊ नजरको लाज
केटी- चन्द्रमाको वरिपरि कालो कालो दाग
तिमी आई बसिदेऊ मेरै मुटु माझ
केटा- पछ्यौराको घुम्टो हाली मलाई गुँथी लिन्छ्यौ
सय चोटी चुम्बन गरी आज किन जान्छ्यौ
केटी- बितेको यौवन मेरो तिमीलाई यादै होला
ढुङ्गामाथि पल्टी हामी गीत गाइरहुँला
केटा- एक फेर हाँसेर बोलिदिए पो
यो दिल दिनेछु राखिदिए पो
केटी- म त तिम्रै हुँ नि किन रोएको
छातीमुनि तिम्रै तस्वीर लुकाइराखेको
</poem>