964 bytes added,
10:37, 16 फ़रवरी 2022 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= इन्दिरा प्रसाई
|अनुवादक=
|संग्रह=तिमी हुनुको / इन्दिरा प्रसाई
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
काकतालीका फूलहरू
टिपेर पनि के गर्नु
जताततै बेहोस
परागका सुगन्धहरू
म खोज्दै छु
आफैँले आफू हुनुको यथार्थलाई ।
तिमीलाई विश्वास गर्दा
झूटको घुम्टो ओढायौ
प्रेमको जलपभित्र
भुमरीको जन्ती भएर आयौ ।
अब शकुनिको कुटिलताले
विषवमन गरिसक्यो
हिजोआज आफैँ आफूसित
कसाई भएकी छु ।
</poem>