Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार= इन्दिरा प्रसाई |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= इन्दिरा प्रसाई
|अनुवादक=
|संग्रह=तिमी हुनुको / इन्दिरा प्रसाई
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
प्रीत पनि बासी भातजस्तो
गन्ध पस्कँदै छ थालमा ।

तिमी आयुको समिधामा
सल्काउँदै छौ समयलाई
म समयका आँखामा
मधुमास खोजिबस्छु ।

कर्कलाको पातमा
पानीको थोपा छ
त्यही पानीको थोपामा अडिएको
मेरो चाहनाको चुलबुल
तिमीसँग गाँसिन पनि सक्तैन ।

म घाउमा चस्किएको
अप्रिय व्यथा भएछु
घाउको आदतमा हुर्किएको
प्रतीक्षित आगन्तुक आएछु ।
</poem>
Mover, Reupload, Uploader
10,369
edits