Last modified on 16 फ़रवरी 2022, at 17:07

तिमी हुनुको (अंश - ३५) / इन्दिरा प्रसाई

प्रीत पनि बासी भातजस्तो
गन्ध पस्कँदै छ थालमा ।

तिमी आयुको समिधामा
सल्काउँदै छौ समयलाई
म समयका आँखामा
मधुमास खोजिबस्छु ।

कर्कलाको पातमा
पानीको थोपा छ
त्यही पानीको थोपामा अडिएको
मेरो चाहनाको चुलबुल
तिमीसँग गाँसिन पनि सक्तैन ।

म घाउमा चस्किएको
अप्रिय व्यथा भएछु
घाउको आदतमा हुर्किएको
प्रतीक्षित आगन्तुक आएछु ।