Last modified on 23 जुलाई 2017, at 16:19

..........कुरिरहेछु / भीमदर्शन रोका



म पनि सँगसँगै उभेको थिएँ
यौटै उत्साह, यौटै उमङ्ग तिएर ।
साथीहरु शहीद भएपछि
एक किसिमको उज्यालो हराएपछि
खरानीहरुको थुप्रो लिएर
कुरिरहेछु, कुरिरहेछु !

० ० ०