हाँगाहाँगा वनभरि चैत फुलेछ
थाहा नपाई मनभित्र बैंस फुलेछ।
कताकता कसैलाई भेटेभेटे झैं
संग्लो पानी पिई तिर्खा मेटेमेटे झैं
कोहो कोहो दुई आँखामा आई डुलेछ
थाहा नपाई मनभित्र पृत फुलेछ।
एक जोडी आँखा सधैं हाँसु हाँसु झैं
एउटा माला फूल टिपी गाँसु गाँसु झैं
कसोकसो बिहानीको निद खुलेछ
थाहा नपाई मनभित्र पृत फुलेछ।