भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मेरी माया ठूली / माधवप्रसाद घिमिरे
Kavita Kosh से
Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 14:56, 9 मार्च 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=माधवप्रसाद घिमिरे |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)
यसै राम्रो हिमचुली-सुनपानीमा चोपली
बिहानीमा उचाली
त्यसैमाथि झन् राम्रो-कसैमाथि माया बसाली।
कति राम्रो हिमचुली घामको रेखी हाली
कहाँ होलिन् हिउँगोरी भरखर माया थाली
घाम झुल्कन बाँकी छँदै घामको रेखी पर्योै
थाहै नपाइ आज मलाई कल्ले माया गर्योर।
घाम झुल्क्यो पहाडमाथि सुनको कलश राखी
आफैँलाई अर्पेपछि अर्पन के बाँकी
लेकदेखि घामको रेखी बेँसीतिर झर्योम
आफैँलाई गर्ने माया कि मैतिर सर्यो ।
आज बिहान जागा हुँदा-भित्री आँखा खुल्यो
भित्री आँखा खुल्दा देखेँ-माया रै' छ ठूलो
सुन्पानीमा चोपलेझैँ सिङ्गै हिमाल चुली
हिमाल चुली ठूलो हो कि, मेरी माया ठूली।