Last modified on 10 मई 2015, at 18:41

पीडाका यामहरु र जिन्दगी / सरुभक्त

Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 18:41, 10 मई 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सरुभक्त |अनुवादक= |संग्रह= }} {{KKCatNepaliRach...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मायामन्दिर
ढुङ्गाका मनहरू रोएर
हामी समयका प्रायोरीहरू निर्माण गरिरहेका छौं
जिन्दगीका त्रासदी गाथाहरूमा
नरभक्षीहरूको अवतरण छ
पीडाका यामहरू दुखेर भगुवा विस्वासहरू
ज्वालामुखी पर्वततिर लागे
जाउँ बसाई सरौं अन्तरक्षतिर
अहिले नेपालमा बस्नु ठिक छैन
वेबसाईटमा थोत्रिएको देश
सभ्यताका जंगलहरू आवाद छन्
आह अहिले हामी हिमाल होइन
हिमालको छायाँ आरोहणमा ब्यस्त छौं
गेलापेगस टापुका बासिन्दाहरू
ब्यर्थ देशका ब्यर्थ सम्बेदना बाँच्दैनन्
किन हामी जिन्दगीको सागरमा
पूरै जीवित छौं?
जिन्दगीको स्पेक्ट्रम रङहरूले धोका दिन्छन्
नाथे जिन्दगी- जिन्दगीको अर्थ
खोज्दा खोज्दै सकिँदो रहेछ
रछ्याअन्का स्वर्गहरू: कोकशास्त्रीय हेराईहरूमा ठोक्किन्छन्
आह प्रेम -रोस्ट परी झुण्डिएका छन्
जिन्दगीका यौन बजारहरूमा
महाप्रलयाग्नी: गमलाका आयातन बिस्फोटित छन्
ईश्वर धर्ती एउटा छ
किन समस्याहरू धेरै छन्?