भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

राजधानीमा ट्रक / श्यामल

Kavita Kosh से
Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 11:29, 14 मई 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्यामल |अनुवादक= |संग्रह= }} {{KKCatNepaliRachna}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

इँटा बोक्छ
सिमेन्ट र फलामका छडहरु बोक्छ
ढुङ्गा, बालुवा र काठ बोक्छ
बोक्छ झ्यालका लागि सिसा
र बोक्छ उज्यालोका लागि
मैनबत्तिको बाकस पनि
ओलम्पिकको तेज धावक झैँ
राजमार्गमा दुगुर्छ ट्रक
कहाँ जान्छ?
थाक्छ
लामो–लामो सुस्केरा हालेर
विश्राम गर्छु,
सडक छेउ
थकाल्नीको पसलमा घुसेर माग्छ डिजेल
निस्पट्ट अँध्यारोमा
हेडलाइट बालेर दगुर्छ मात्तिदै
पिसाब गर्न रोकिन्छ झाडीनेर
र दगुर्छ फेरि गति बदल्दै
सयौँ घुम्तीहरुको राजमार्गमा
ओहोर–दोहोर सधैँको
यो ट्रक कहाँ जान्छ?
ओसारेका थुप्रै सामानहरु जोडेर
घर बनाउँछ ऊ
र शीतमा निथ्रुक्क भिजेर
बिताउँछ केही छिन रात
र पुनः बेपत्ता हुन्छ बाक्लो हुस्सूमा
दुइटा आँखा बालेर,
यसरी सधैँको ओहोरदोहोर
ओहोरदोहोर हुन्छ
पेट्रोल पम्प राखेर बसेका
राजमार्ग छेउका मानिसहरु हो,
यो ट्रक कहाँ जान्छ?