Last modified on 26 जुलाई 2016, at 04:26

को दुख्छ अब मलाई / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 04:26, 26 जुलाई 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=हज...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

को दुख्छ अब मलाई चोट बाँचिदिन्छु
छुँदैन अपमानले म खोट बाँचिदिन्छु

सपनाको के म्याद हुन्छ र
बीच मै पनि ब्यूँझदिन्छु
चिथोरी कल्पनामा झस्क्याई टाँसिदिन्छु
काँडाले के घोचोस् चस्क्याई हाँसिदिन्छु

सजायको हद के नै होला
आरोप सबै सहिदिन्छु
फेरेर सबै परिभाषा आयु ब्यूँझाइदिन्छु
छट्पटिन्छु जीवनले म मृत्यु निदाइदिन्छु