भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

को दुख्छ अब मलाई / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

को दुख्छ अब मलाई चोट बाँचिदिन्छु
छुँदैन अपमानले, म खोट बाँचिदिन्छु

सपनाको के म्याद हुन्छ र
बीच मै पनि ब्यूँझिदिन्छु
चिथोरी कल्पनामा झस्क्याइ टाँसिदिन्छु
काँडाले के घोचोस्, म चस्क्याइ हाँसिदिन्छु

सजायको हद के नै होला
आरोप सबै सहिदिन्छु
फेरेर सबै परिभाषा आयू ब्यूँझाइदिन्छु
छट्पटिन्छु जीवनले म मृत्यु निदाइदिन्छु