विश्व व्यथा / सिद्धिचरण श्रेष्ठ
हो रात थियो जून खिलेको बाहिर विश्व थियो मुदित,
कोठाभित्र म पल्टिरहेथें अँगाली विश्वसित ।
कोमल करले मेरो ओंठ छोइ भन्यो विस्मित उसले-
‘किन रात पर्योठ ? किन घाम गयो ? वा रात पठायो कसले ‘
सप्रेम भनें मैले “यी हुन् रात र दिन दाजु र बहिनी
दाइचाहिं दिन हो राजा हो बहिनी रात मज्जाकी
सिउरी फूल ताराहरुको रात कहीं खेली रहँदा—
मानिसहरु गै तानी ल्याए वर पर घर वन र चउरमा
झन् विस्मित भई सोध्यो उसले ‘बाले तान्नु भएको ?
“हो वा मैले पनि तिमीले पनि“ मैले उत्तर झट्ट दिएँ
विश्वमोहन शोची भन्दछ हगि मैले हात समाएँ
“हो वा तिमीले हात समायौ मैले दुइ पाउ समाएँ
अनि दिन आयो दगुरी दगुरी तिमी दगुरे झैं आँगनमा“
“के अनि दिनले फूल सुकायो रिसले हाम्रो बारीमा
(‘शारदा‘ १९९६ मा )
('पद्य-संग्रह' बाट)