Last modified on 29 अक्टूबर 2017, at 08:51

बाँची दिन्छु तिम्रै निम्ति / गोपाल योञ्जन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:51, 29 अक्टूबर 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल योञ्जन |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


बाँची दिन्छु तिम्रै निम्ति,
मरि दिन म सक्दिन,
लाखौं बाधा यो पीरतीको,
सबं निभाउन सक्दिन,

संसार क्षमा दिन सक्छु म
वैकुण्ठ दिन म सक्दिन,
उज्यालो देखि डर लाग्छ भने
घाम डुबाउन सक्दिन म
निहुरी दिन्छु प्यार कै निम्नि
तर शीर टेकाउन सक्दिन

मायाले सिंगारी राखुँला
ताराले सिंगार्न सक्दिन,
मेरो मायाको साथ दिन तिमीलाई
ताज बनाउन सक्दिन
यी सत्यहरु मान्दिनौं भने
दिल चिरी देखाउन सक्दिन