भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बाँची दिन्छु तिम्रै निम्ति / गोपाल योञ्जन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बाँचिदिन्छु तिम्रै निम्ति, मरिदिन म सक्दिनँ
लाखौँ बाचा यो पीरतीको, सबै निभाउन सक्दिनँ

संसारसम्म दिन सक्छु म, वैकुण्ठ दिन म सक्दिनँ
उज्यालोदेखि डर लाग्छ भने, घाम डुबाउन सक्दिनँ
म निहुरिदिन्छु प्यार कै निम्ति, तर शीर टेकाउन सक्दिनँ

मायाले सिँगारी राखूँला, ताराले सिँगार्न सक्दिनँ
मेरो मायाको साथ दिन, तिमीलाई ताज बनाउन सक्दिनँ
यी सत्यहरू मान्दिनौ भने, दिल चिरी देखाउन सक्दिनँ