Last modified on 12 जून 2020, at 10:29

तिमी भन्छ्यौ भने / सुमन पोखरेल

तिमी भन्छ्यौ भने पिउँदिनँ म
भो भो भै गयो लौ जिउँदिनँ म

छेउमा नआऊ टाढै बस तिमी
कुनै स्पर्शले म निको हुन्न पनि
गहिरिई नै रहुन् मेरा सबै घाउ
कुनै हेराइले सिउँदिनँ म

कठिन पुरै यात्रा हरेक मोडमा चोट
पाईलै पिच्छे लगायो दुनियाँले खोट
तिमी जे गर, फेरि आऊ या नआऊ
मरि गएँ भने फर्की आउँदिनँ म