भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"ब्रेकफास्ट / ज्याक प्रिभेर / सुमन पोखरेल" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ज़ाक प्रेवेर |अनुवादक=सुमन पोखरे...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
23:15, 20 अगस्त 2020 के समय का अवतरण
उसले कपमा कफी हाल्यो
दूध खन्यायो कफी हालेको कपमा
कफी र दूधमा चिनी थप्यो
फिट्यो एउटा सानो चम्चाले
कफी खायो र कप तल राख्यो उसले।
मसँग एक शब्द पनि बोलेन।
उसले कफीको कप रित्यायो
र भूईँमा राख्यो।
मसँग एक शब्द पनि बोलेन।
उसले चुरोट सल्कायो
गोलागोला घेरा बनाउँदै धूवाँ उडायो
एस्ट्रेमा खरानी झार्यो
मसँग एक शब्द पनि बोलेन
मतिर एकपल्ट पनि हेरेन।
ऊ जुरुक्क उठ्यो
टोपी लगायो
बाहिर पानी परिरहेथ्यो, रेनकोट लागायो
र पानी पर्दापर्दै बाहिर निस्कियो
मसँग एकै शब्द पनि बोलेन।
मतिर एकपल्ट पनि हेरेन।
आफ्नो अनुहारलाई मैले
आफ्ना अँजुलीमा खन्याएँ
र रोएँ।

