भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"जिन्दगी कहीँ घामजस्तो / सानु शर्मा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatGe...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

18:33, 9 जुलाई 2024 के समय का अवतरण

जिन्दगी कहीँ हाँसेजस्तो, कहीँ रोए जस्तो,
नबुझिने जिन्दगी, कहीँ दागले छोएजस्तो

जिन्दगी कहीँ घामजस्तो, कहीँ छाया जस्तो
कहीं कतै जिन्दगी, निष्ठुरीको माया जस्तो
मनका घाउ सम्झिएर रुँदैरुँदै धोएजस्तो
जिन्दगी कहीँ हाँसेजस्तो, कहीँ रोएजस्तो

जिन्दगी कहीँ फूलजस्तो, कहीँ धुलोजस्तो
कहीँ कतै जिन्दगी, केवल भूल जस्तो
भूलहरू भेला गरी सच्याउँदै धोएजस्तो
जिन्दगी कहीँ हाँसेजस्तो, कहीँ रोएजस्तो

जिन्दगी कहीँ मोक्ष जस्तो, कहीँ पापजस्तो,
कहीँ कतै जिन्दगी, पश्चाताप जस्तो
सम्झनाका दागहरू आँशु झिकी धोएजस्तो
जिन्दगी कहीँ हाँसेजस्तो, कहीँ रोएजस्तो