भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
हिमाल, पहाड र तराई / चन्द्र गुरुङ
Kavita Kosh से
Lalit Kumar (चर्चा | योगदान) द्वारा परिवर्तित 09:19, 4 दिसम्बर 2025 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=चन्द्र गुरुङ |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)
असङ्ख्य तेन्जिङ र हिलारीका आक्रमणले
घाईते बनेका हिमालहरू
हरक्षण
झार्छन् हिउँको चिसो आँसु ।
कुनै आर्मी अफिसरको आदेश बमोजिम
सजिएर ‘कम्ब्याट ड्रेस’मा
पर्खंदै अर्को आदेश
उभिन्छन् चुपचाप सिपाही पहाडहरू ।
बाढीको तेजधार ब्लेडले
सम्पूर्ण कपाल खौरिएको तराई
बस्छ मौन–मौन
ताप्दै जाडो याममा गरिबीको आगो ।

