भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सुन्दरीको सुन्दरता / चन्द्र गुरुङ

Kavita Kosh से
Lalit Kumar (चर्चा | योगदान) द्वारा परिवर्तित 09:21, 4 दिसम्बर 2025 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=चन्द्र गुरुङ |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

तिम्रो आँखाको गहिराइभन्दा
परेलीको डिल–डिलमा रङ्गरोगन गरिएको
कालो गाजल राम्रो !
लालुपाते ओँठहरूभन्दा
ती ओँठका भित्ता–भित्तामा पोतिएको
चकिलो लिपिस्टिक राम्रो !
नाकभन्दा पनि
नाकमाथि सजेको चिटिक्क फुली राम्रो !
दुई कानहरूभन्दा त
कानै चुँडाउने गरी
पिङ खेलिरहेको चमचम यार्लिङ राम्रो !
लामा–लामा औँलाहरूभन्दा
वासनादार नेलपालिस नै राम्रो !
तिमीभन्दा बढी
तिम्रो भित्री अङ्गहरूलाई छोप्न असमर्थ
डिजाइनदार छोटो ड्रेस राम्रो !
र तिम्रो शिरभन्दा पनि
काटछाँट पारिएको हेयर स्टाइल झन् राम्रो !

ए सुन्दरी !
तर एउटा कुरो
भन त
कता छ तिम्रो आफ्नो सुन्दरता ?!