भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवन / चन्द्र गुरुङ

Kavita Kosh से
Lalit Kumar (चर्चा | योगदान) द्वारा परिवर्तित 09:22, 4 दिसम्बर 2025 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=चन्द्र गुरुङ |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

यो जीवन
बिहान सबेरै चिया गिलासबाट
आकाश छुने रहरमा बाफ बनेर उठ्छ ।

यता ठोकिन्छ
उता ठोकिन्छ
भौतारिरहन्छ कल्पनाको संसारमा
आखिर विलीन हुनपुग्छ लक्ष्यमा पुग्नुअघि नै ।

कहिलेकाहीं, म
बिरानीमा उभिएर
चिनीपत्तीबिनाको चियाजस्तो जीवनलाई
निल्छु बिस्तारै घुटुक्क घुटुक्क
न कुनै रङ
न स्वाद
न मीठास
केवल सपनाहरूले भोक शान्त पार्न
र मेट्न इच्छाहरूका उत्ताउलो तिर्खा ।

यो जीवन
प्रत्येक बिहान
मभित्र उम्लिरहेका नानाथरी सोचाइ झैं सुरु हुन्छ
दिनभरिको थकान र असफलताले टुक्रिएर
हर साँझ
ठस्स गन्हाउँछ कुहिएका सपनाहरू
र तीतो नमीठो गन्ध
फैलिँदै जान्छ मुटुको अन्तरकुन्तरमा ।