भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आँखासामु तिम्रो रूपको / किरण खरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आँखासामु तिम्रो रूपको जगमग बत्ती बालेको छु
धेरै दिनपछि आज म फेरि
गीत बनाउन थालेको छु
  
वसन्त नौलो हाँसेजस्तै भाव रसिलो ब्यूँझिरहेछ
मेरो गीतको प्रतिध्वनिमा सङ्गीत तिम्रो गुन्जिरहेछ
छलछल गर्ने छाँगाछहरा साथ बगेर आएको छु

धर्ती र नभको माया बोकी जबतक घाम झुल्किरहन्छ
तिम्रो र मेरो सङ्लो पीरती यो दुनियाँमा फक्रिरहन्छ
हाँसो आँशू सपना बिपना बिर्सिदिएर आएको छु