भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आत्महत्या गर्ने फुर्सतै छैन / जीवन नामदुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आफ्नै अधिकारको सिङ्गो मृत्यु त
मर्न भियाइएको छैन भने
आत्महत्या गर्ने त फुर्सतै छैन
अफिस धाउँदा–धाउँदा
बिचरा मेरो कोट र प्यान्ट
आज साह्रै थाकेको छु
होस्, विश्राम गरोस् आज त एकदिन
भोलिदेखि दोहोरिन्छ फेरि
निरन्तरताको दोस्रो नाम
जीवनभर मेरै सेवामा बिताएर पनि
अवकाशका अल्छीलाग्दा दिनहरूमा
‘ह्रयाङ्गर’ मा क्रुसिफाई सहिदका आँखाले
मलाई अझै गिज्याइरहेका छन्
विश्वयुद्धको जर्सी भए पनि
यसको ऐतिहासिक मूल्य हुने थियो
बुलेटका हस्ताक्षरहरू भए पनि
सङ्ग्रहालयमा यो सजिने थियो
मेरो उमेरका चोटहरू बरु
टाँगिएका छन् यहाँ कोटहरू भएर
कतिपल्ट हातबिनाको बाहुलामात्र
अफिस गएकोछ यो कोटसित
कतिपल्ट प्यान्टका मोहरीमात्र
हिँडेका छन् मेरो जुत्ताहरूसित
हातहरू पनि छन् उसका बन्धकी बसिसकेका
खुट्टाहरू पनि छन्, तर साङ्लीमा बाँधिएका
कानहरू छन्, तर आदेश पर्खिरहेका
आँखाहरू छन् सधैँ–सधैँ तर्सिरहेका
आवाजहरू पनि छन्, तर पिँजडाभरिका
साङ्लीमुक्त हिँडून् जुत्ताहरू पनि
बिचरा सडकमा केही क्षण
पिँजडामुक्त आत्महत्या गरून्
मेरै पर्याय यी कोटहरूले
अल्छीलाग्दो अवकाशको केही क्षण ।