भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

इतिहासको कुरा / देवान किराती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कोक्पाले रामायण पढ्यो
र, रामजस्तै आदर्शको बन्ने आशिष दियो ।

आपाले मार्कसवाद पढ्यो
र, मार्कसजस्तै हुने आशिष दियो ।

आमाले कुनै राजकुमारको दन्ते कथा सुनायो
र, राजकुमारझैँ बन्नु भन्यो
एकदम उस्तै राजकुमार ।

आखिर म
न त कोक्पाकै राम भएँ
न त आपाकै मार्कस भएँ
न त आमाकै राजकुमार
तै म आफू हुनुको अर्थ खोजिरहेको छु
जुन तर आज,
कोक्पाले
आपाले
आमाले
सबैले बिर्सिसकेका छन्
किनभने,
म नितान्त किराती भएको छु ।