भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ऊ पनि त कोही / अम्बर गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ऊ पनि त कोही पराई त होइन,
रातै रगत बग्छ रङ्गको पानी होइन
ऊ पनि त मान्छे बेमुलुकको होइन
अँगालोमा लेऊ हामी भिन्न होइन

झोपडीको जीवन उसको सबकुछ होइन
भोको नाङ्गो बस्नु उसको भूल होइन
तब एउटै आकाश किन बेग्लै सहवास
किन सास भिन्नै किन एउटै बतास

ऊ पनि त मान्छे हृदयहीन त होइन
उसको आँसु पुछ मैला पानी होइन

उसको रुखो जीवन आँधीबीच खोज
यौवनमा फुल्ने गरिब फूललाई सोध
रीति र रिवाज त बन्छ र बिग्रन्छ
प्रीति जसको ठूलो हृदयले छुटिन्छ

ऊ पनि त मान्छे कुने भूल होइन
उसको दिल नतोड दिल शूल होइन ।