भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

केही दाना कविता (१०) / तुल्सी थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

४६. जन्म
एउटा सुरूवात गजबको
अज्ञातबाट अज्ञाततर्फ
तपाईँ हामी सबैको ।

४७. जुनी
अहिले म आकाशमा उडिरहेछु
थाहै हुन्न कतिखेर त्यतै अन्धकारमा
बिलाइसक्छु ।
 
४८. यात्रा
घोडा छ लगाम छैन
विकल्प भने फेरि यस्तो-
लगाम छ घोडा छैन ।

४९. गलत प्रश्न
तपाईँ मान्छे नै हुनुहुन्छ हैन र ?
शङ्का गर्‍यौ, ठिकै गर्‍यौ
म मान्छे भएको भ्रम मात्र हुँ ।

५०. अन्तिम दृश्य
सञ्जय ! अब केही देखिन्न र ?
देखिन्छ महाराज !
सर्वत्र अदृश्य देखिन्छ ।