भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

केही दाना कविता (३) / तुल्सी थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

११. शान्ति
हैन कहाँ छौ हो तिमी ?
खोज्दै छु त तिमीलाई
युद्धमा हारेदेखि।

१२ विजय
लासमाथि उभिएका छौ
त्यसैले तिमी बेलाबेलामा
सिनु गन्हाउँछौ ।

१३. ठेगाना
घर छैन, जग्गा छैन
त्यो दशगजा जहाँ हामी बस्छौँ
देशै हैन ।

१४. विडम्बना
युद्ध किन भयो ?
अचम्म ! थाहै हुन्न
वीर योद्धालाई पनि ।

१५. उत्खनन्
ए ! यो पनि अर्को एउटा
मान्छेकै बस्ती रहेछ
कहाँ बस्थे हँ ती देवता ?