भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

केही दाना कविता (४) / तुल्सी थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

१६. आमन्त्रण
आउनोस् महाभोज गरौँ
त्यसपछि अर्को एउटा
अनिकाल पर्खौँ ।

१७. विस्मात
अन्त्यमा निर्णय मानेर फर्केपछि
हामीले आआफ्ना टाउको छाम्यौँ
ए ! हामी त गिँड मात्र रहेछौँ ।

१८. भयावह
सिनु लुछ्नैमा गिद्ध मस्त छ
के मतलब उसलाई कि
उसको देश अनिकालग्रस्त छ ।

१९. आग्रह
के शान्ति संवेगहीन हुन्छ र ?
भएन बुद्ध भएन अब
तिमी एक पटक रिसाउनै पर्छ !

२०. निरुपाय
रोगको डायग्नोसिसबाट के फाइदा ?
न तिमीसँग औषधी छ डाक्टर
न रोगीसँग !