भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

केही दाना कविता (५) / तुल्सी थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

२१. रिक्तता
आकाश छँदै छैन
त्यसैले त त्यो
सधैँ भै रहन्छ ।

२२. वार्ता
उसले नभनेका कुरा मैले सुनेँ
मैले जे भनेँ उसले सुनेन
र हामीले सौहार्द्ध वार्ता गर्‍यौँ ।

२३. सम्बुद्धस्य
ती सबै तम्तयार छन्
तिम्रा मन्दिर आउनलाई
र खुकुरी उद्ध्याउँदै छन् ।

२४. आशङ्का
वर्षौँ सोधियो यो भोटो कसको हो ?
अर्को साल कहीँ यस्तो नसोधियोस्
यो देश कसको हो ?

२५. अभ्यस्तता
सडक अझै सुतेकै छैन
सुतोस् पनि कसरी
राँके जुलुस आएकै छैन !