भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

क्रान्ति नबिर्सी / माधवलाल कर्माचार्य

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जबतक जिउमा प्राण रहन्छ तबतक गीत म गाइरहुँला
घाँटी र जिभ्रो ठीक रहेतक बोल्ने बोली बोलिरहुँला
चेतन जिउमा बाँचिरहेतक दिलको दर्द पोखिरहुँला
जबतक जिउमा प्राण रहन्छ तबतक गीत म गाइरहुँला ।

हिर्दय यसरी बाँचिरहेतक माया पिति गरिरहुँला
माया ममता बाँकि रहेत का सम्झी सम्झी दिवस गनुँला
जबतक जिउमा प्राण रहन्छ तबतक गीत म गाइरहुँला ।

दुनिया आई रोकिरहेतक बढ्न अगाडि खोजिरहुँला
यो गति यस्तो रहिरहेतक क्रान्ति नबिर्सी गरिरहुँला
जबतक जिउमा प्राण रहन्छ तबतक गीत म गाइरहुँला
................................................
परोपकार, २१३, असार २०११