भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गाइने / क्षेत्रप्रताप अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

खडेरी खसेको खेतमा
पानी चिच्याएर
गर्भे हिलो सुकेको
तिमीले एक नानी देखेका छौ ?

चिसो व्याप्त लेकमा
तातो अनुमान ओढेर
शीत सुतेको जीवन
एक मुठी घामले सेकेका छौ ?

स्वर सुकेको सारङ्गीमा
स्वदेश गाउँछ
आदिम बस्ती
तिमीले एक पाइलो टेकेका छौ ?

मेरो सङ्क्षिप्त इतिहास
यत्ति हो
तिमीले एक शब्द लेखेका छौ ?