भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जती चुम्यो / दिलिप योन्जन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


जती चुम्यो उती मिठो, पिपल पाते ओठ
तिम्रै यादले सताई रहने, कस्तो लाग्यो रोग !

जति हेर्यो उती राम्री, चन्चले तिनको रुप
मन मन्दिरमा बसी दिए, बाली दिन्थे धुप
मिठो बोली गाजालु आखा, मनै चस छुने
हासी हासी बोल्छे जब, मोहनी नै लाउछे !

फुलै पनि फिका लाग्छ, किन२ तिन्लाई देख्दा
एक्लो जिबन अधुरो भाछ, तिमी साथ नहुदा
गोधुलीमा तिम्रो रुप प्रिया, लाग्छ जस्तै जुन
जति सुन्यो झनै मिठो, मायामा पिरतीको धुन !