भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जहाँ तिमीले हाँसी देऊ / किरण खरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जहाँ तिमीले हाँसी देऊ, त्यहीं स्वर्ग मेरो
तिम्रो मिठो गीतनै हो जिन्दगी यो मेरो

मेरो ओठ रसाउँछ, तिमीले हाँसी दिए
मेरो पाउ रोकिने छ, तिमीले छोडि गए
जहाँ तिमीले टेक्ने छौ, त्यहीं दिल मेरो
जहाँ तिमीले हाँसी देऊ…..

आउँला म सधैं भरी तिम्रो गीत भित्र
ल्याउँला म रङ्गाएर भावना चित्र
जहाँ तिम्रो तर बज्यो, त्यहीं प्यार मेरो
जहाँ तिमीले हाँसी देऊ….