भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवनको सपना / लीला अनमोल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

धर्ती अन्यौलको आकाशमा टाँसिएर
क्षितिज घुमैलो दृश्याउँछ
जून थाकेको आकाशमा
छाम-छाम, छुम-छुम गर्दै
वर्तमान,
लङ्गडो हिँडाउँछ
अमिलो भएर कलेजी
आँखी ओठमा आँशु सु्कसुकाउँछ
थोपा थोपा चोइटिएर मन
देश,
युद्ध भएर खहरे सुसाउँछ
घरको धुरीबाट
मृत्यु चिहाएको रात
म ओछ्यानमा
जीवनको सपना देखिरहेछ ।