भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमीलाई म के भनूँ / दीपक जङ्गम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तिमीलाई म के भनूँ
फूल भनूँ कि जून भनूँ
उपमा धेरै म दिऊँ
तिमीलाई मनकी मायालु भनूँ

फूल फुलेको मौसममा
यो साँझको शीतल वातावरणमा
यो मनलाई कसरी सम्हालूँ म
नपिई बेहोश-बेहोश भएँ म,
कहिले नछुट्ने नशा भनूँ कि
फूल भनूँ कि जून भनूँ
उपमा धेरै म दिऊँ
तिमीलाई मनकी मायालु भनूँ
तिमीलाई म के भनूँ

केही झुके-झुकेका नजर
केही बोल्न खोज्दा काँपेका अधर
दुई आँखाका गहिरा तालबिच
नसकी तर्न, डुबें डुबेँ म
कहिलै नछुट्ने तृष्णा भनूँ कि
फूल भनूँ कि जून भनूँ
उपमा धेरै म दिऊँ
तिमीलाई मनकी मायालु भनूँ
तिमीलाई म के भनूँ

शब्द, संगीत - दीपक जङ्गम
स्वर - नारायण गोपाल