भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दसनीको लेहङ्गा / श्यामल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तातो हावाको झोँकाले
फरफराउँछ
पराजित मुलुकको झण्डाजस्तो
दसनीको लेहङ्गा।

धेरै चोट सहिसक्यो
धेरै रगत बगाइसक्यो
धेरै बलात्कार खपिसक्यो
जमिन्दारको बाँझो खेतमा
धेरै कुलो लगाइसक्यो
घामपानीको मारले
जति मधुरो देखिए पनि
अझै रङ्गिन छ
हजारौँ फूल फुल्ने उद्यानजस्तो
दसनीको लेहङ्गा।

दाउरा लिन गएको
जङ्गलबाट फर्केन
कसैलाई थाहा छ कि?
कहाँ फरफराइरहेछ बुट्टेदार
दसनीको लेहङ्गा।