भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

धर्मात्मा / देवान किराती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बिहान–बिहानै
झ्वाम्लाङ्ग पानीबाट निस्किएपछि
पण्डितजीले
पूर्वतिर फर्किएर
ठूलो सास फेर्दै हात जोड्यो
र मन्त्र जप्यो
”ॐ नमो शिवाय !”

पण्डितजी,
दहबाट निस्किएको केही क्षणपछि
पानीमा तैरियो
एउटा विक्षिप्त–तरुणी लास ।

बस्तीभरि, गाउँभरि
दिनभर हल्ला चल्यो
बिहान मिर्मिरेमै पानी भर्न पँधेरी गएकी
डाँडाघरकी कान्छीले
आत्महत्या गरिछे दहमा डुबेर ।

पण्डितजी,
दिनभर नै मन्त्र जपिरह्यो
”ॐ नमो शिवाय !
सत्यम् शिवम् सुन्दरम् !!”