भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नाटक/नाटक / लोकेन्द्र शाह

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मन्दिर—
म बनेको छु
ऊ बनेको छ
सबै बनेका छौँ ।
देउता—
कोही हुन तयार छैन
कसैले भन्छ—
म् देउता बन्छु तर मन्दिरभित्र बस्दिनँ
मूर्तिजस्तै भएर टाँसिएँ भने नि ?

मूर्ति टाँसिएको हो वा
देउता आफैँ टाँसिएका ।
पूजा गर्छन् मूर्ति किन मानिस ?
देउतापूजा वा मूर्तिपूजा ?
कसैले अचानक प्रश्न गर्छ।
निर्देशक अचम्म मान्छ,
लेखक टाउको फर्काउँछ
कलाकारहरू मुखामुख गर्छन्।

मूर्ति कोही बन्दैन,
पुजारी बन्छन्,
मन्दिर बन्दछन्,
बटुवा बन्छन्,
भक्त बन्छन्— सबै
तर मूर्ति कोही बन्दैन ।

निर्देशक अचम्म मानिरहेछ
कलाकारहरू अन्योलमा छन्
आखिर किन कोही कलाकार मूर्ति बन्दैन ?