भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पर्देशियको राष्ट्रवादी कविलाई सम्वोधन / देवान किराती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

खै के मा रिसायौ कवि !
यस देशसँग तिमी ?

तिमी परदेसिएपछि
निरन्तर बगिरहने ह्यातुङको झरनाझैँ सम्झनाहरू
शरदको घामभँैm छाइरहन्छ हृदयमा ।

सायद इतिहासको एक पाइला हुनुपर्छ
भानुको सालिकछेउ हुँदै देवकोटाको सालिकसम्म पुग्दा
जीवनको अर्थ कताकता केके अथ्र्याउँथ्यौ
र मुर्दा अक्षरहरू ब्यूँताएर जीवन दिन्थ्यौ
र भन्थ्यौ कि
कविता नै जीवनको केन्द्र हो ।

तिमी नै त हौ नि कवि !
मभन्दा बढ्ता राष्ट्रवादी कुरा गथ्र्यौ
म भन्थेँ
माटो नेपालको होस् या अनेपालको
यसको सुगन्ध उस्तै हुन्छ
यसमा बग्ने पसिनाको रङ उस्तै हुन्छ
भन्थ्यौ तिमी
यो मान्छे पटक्कै ठीक छैन– देशका लागि ।

समयान्तरमा
तिमीले देश छाड्यौ
कुमालकोटी कीराले घर छाडेझैँ
र अहिले
देशको अर्थ पनि फेरेछौ तिम्ले
जीवनको अर्थ पनि फेरेछौ तिम्ले ।

तिम्रो अर्थमा
यहाँ म ्रपुरानै रीत
पुरानै माटो
पुरानै आकाश
पुरानै देशमा छु
तर मेरो अर्थमा
यहाँ म आफ्नै सुन्दर देशमा छु
र आफ्नो देशमा हुनु
कुनै पनि भीडहरूमा एक्लो नहुनु हो
र एक्लो नहुनु नै जीवन हुनु हो
कतै तिमी
त्यताको भीडहरूमा एक्लो त छैनौ ?

तिमी आजकल
कहिलेकाहीँ मेरो देश आइपुग्छौ
खबरपत्रविनाको हुलाकीजस्तो
र फर्कन्छौ ठेगाना नमिलेको चिठ्ठीजस्तै
आफ्नो नभएको देशतिर ।

कवि ! कसरी पो हरायो तिम्रो राष्ट्रवाद
साँझमा आफ्नै छाया हराए जसरी ।