भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बन्धन- मुक्ति / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


नाथ, यो पिंजराबाट कहिले उड्न पाउँला !
मायाको, • डरको, प्रेमी आशाको, फट्फटाइको
पसिनाले भिजेको छु, घाममा कहिले अब
फिंजारेर पखेटा यो प्रोबानो पार्न पाउँला ?
दानाको एक भाँडो छ त्यसभित्र फलाम छ,
अर्को भाँडो छ पानीको त्यहाँ दुर्गन्ध रक्त छ,
लामो उडाइको भोग जागेको अग्निकुण्डमा
उम्लेर कहिलेसम्मन् नमर्नु छ ? महोदय,
धूवाँ फुकीरहेको छ सबैतिर अशान्तिले,
लाख गोमनले लाखौंतिरबाट डसीसके,
के म उम्कन पाउन्नँ ? पवित्र त्यस पाउले
कुल्चेर मसिन्याएका धूलो दल्दै शरीरमा
घाउ पुर्दै, पुरेकोमा छोई ढोग दिदै दिदै
हरेक पाइला गन्दै, हरेक गणनापिछे
जपेर विष्णुको नाम हर्षको लयमा रुदै
म पीछा लाग्न पाउन्न ?

प्रह्लाद, १.३.३२, १९९५