भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भाषण, सहर अनि म / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भाषणको मसिनगनबाट
पड्किरहेछन्शब्दहरू
— माझचोकमा —

म सहरकोएक छेउ
घरको बरन्डामा बसेर
मानिसहरूको ओहोरदोहोर हेरिरहेछु सडकमा ।
एक जोडी युवक–युवती
धपक्क बलेको अनुहारसित
बात गर्दै जाँदै छन्।
केही माथि जुत्ता–दोकानमा
यौटी बोज्यू
आफ्नो पाँच–छवर्षे नातिलाई जुत्ता किनिदिँदै छिन्।
यौटा लामो यात्रालाई उपहार त्यो जुत्ता ।

अनिकालको भाँडामा
ढुङ्गाकोआलुसित पानी उम्लिएजस्तै भाषण उम्लि“दैछ
— चोकमा —

उः, त्यहाँ दबाई–दोकानमा चाहिँ
सधैँजस्तै नै
भीड छ दबाई किन्नेहरूको।
फुटपाथनेर सेकेन्ड ह्रयान्ड लुगाको थाकमा पनि
लुगा छान्नेहरू उत्तिकै।
सिजनर्स बोकेर आएको बस
घ्यारघ्यारिँदै सर्दैछ चोकतिर ।
ऐलेसम्म भाषण हेरिरहेका भरियाहरू
भारी बोक्ने होडमा बसपछिल्तिर झुत्तिन्छन्।
 
होटलको ग्राहक खोजेर छाक जुटाउनेहरू पनि
बसभित्र अघि नै पसिसकेका छन्।
पर पान–दोकानछेउ नेर
आजै बिहान फक्रेको गोदावरीजस्ती
यौटी केटी
अघिदेखि उभिइरहेकी छ कसैलाई पर्खेर ।
बिहान एक डोको सब्जी ल्याएर आउने दाइ पनि
अब फर्किने तरखरमा छ एक झोला सौदा लिएर ।

मुठ्ठीहरू उजाइँदै छन्
नाराहरू गर्जिंदैछन्
— चोक चर्काउँदै—

पर मोटर–स्ट्यान्ड र बस–स्ट्यान्डमा भने
सधैँजस्तो
‘फेरि भेटौँला’ आशाहरू
हात–हातमा कति मीठो हल्लिएका ।
अनि/अफिसबाट हतारसाथ घर फर्किरहेकी
ती महिलाका इयर–रिङहरू
आह । कत्ति लोभलाग्दो हल्लिएका ।
मास्तिर यौटा बिल्डिङको छतमा
स्किपिङ खेल्दै उफ्रिरहेकी
त्यो सानी केटीको केशराशि झन्
कस्तरी हल्लिइरहेछ छालझैँ रहरलाग्दो गरी ।

अब भित्र पस्छुम ।
फेरि एक पल्ट ‘मेघदूत’ पढ्छु।
चिठी पनि लेख्नु छ ।
लेख्नु छ प्रेमका आहहरू
विश्वासको बत्ती बालेर ।
जाती पारेको छु विश्वासघातका चोटहरू पनि
विश्वासले नै सेकेर
अहँ, कहिल्यै थाकिनँ म
प्रेमका कथाहरू सुनेर ।