भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भोक र बुद्ध / देवान किराती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भोक लागिरहेछ
र लागिरहन्छ
सत्य ! मुर्दा नभइन्जेल ।

आगो बालिरहेछु
र बुद्ध जपिरहेछु ।

बुद्ध एउटा परेवाभन्दा
रत्ति फरक छैन
जो म भोकमा घाँटी निमोठ्छु
मानूँ बुद्ध !

बलिरहेको आगोमा
खुट्टा, पखेटा र टाउको
कलेजो, मुटु र सिङ्घै देह
झर्झरी पकाउँछु– झिरमा उनेर
मानू कि– बुद्धको ।

पाकेको सेकुवा
तोङ्वासँग तनतनी......
आहाऽऽऽऽ क्या मज्जा ।

भोक मर्छ– शान्त हुन्छु
सत्य ! मुर्दा हैनँ ।

आगो बालिरहन्छु
र बुद्ध जपिरहन्छु
फेरि अर्को भोक नलागेसम्म ।