भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मानिसदेखि तर्सीतर्सी / किरण खरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मानिसदेखि तर्सीतर्सी म भागिरहेँछु
मलाई कोही नडाक राक्षस बनाउन

यहाँ सत्य बिक्छ यहाँ माया बिक्छ
सबैभन्दा सस्तो यहाँ मानिस बिक्छ

जगत स्वर्ग पार्छु भनी भन्ने मान्छे
बालकलाई झुक्याएर बिष पिलाउँछ

कसोरी सहूँ अन्याय धोखा यस्तो
कसोरी रहूँ चुपचाप मुर्दा जस्तो