भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मृत्युपछि / देवान किराती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरो मृत्युपछि सायद तिमी एक्लै हुन्छौ होला
मेरो मृत्युपछि सायद तिमी एक्लै रुन्छौ होला ।

छोराहरू आ–आफ्नै जोइसँग
छोरीहरू आ–आफ्नै पोइसँग
केके–केके गन्थन मन्थन गरिरहँदो हो
नातिहरू, नातिनाहरू
आ–आफ्नै प्रेमी–प्रेमिका सँग
कहिले कम्प्युटर–च्याटमा
कहिले प्रत्यक्ष भेटमा
यौवनका उत्तेजित कुराहरू गरिरहँदो हो
तिमीसँग कसैले कुरा गर्दैन होला
मेरो मृत्युपछि सायद,............

पूर्णिमाको साँझ
यौवनमस्त जोडीहरू आलिङ्गनमा बाँधिएर
त्यै ‘जून’ ल्याइदिउँला भन्दो हो
सुन्दरसुन्दर सपनाहरू बुन्दो हो
तिमीलाई त्यै ‘जून’
एक्लोएक्लो आफू झैँ लाग्छ होला
आफन्त हुँ भन्नेहरू पनि सबै परपर भाग्छ होला
मेरो मृत्युपछि सायद...........

चिसो अँध्यारा रातहरू
एक्लै नै हेर्छौ होला सम्झँदै “म”–ताराहरू
दिनभर–दिनभर पनि
त्यै पुरानो लट्ठीबाहेक कोही नहोला सहाराहरू
छोराहरू छोरीहरू, नातिहरू नातिनाहरू
इष्टमित्रहरू, नातागोताहरू
आ–आफ्नै हाल–बेहाल मिलाउन यताउता कुदिरहला
आपूm आफैँलाई ढाट्दै ठग्दै लोभमा जुधिरहला
मेरो मृत्युपछि सायद,
                   तिमी एक्लै हुन्छौ होला
                   तिमी एक्लै रुन्छौ होला ।