भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो बिटुलो विश्वास / किरण खरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरो बिटुलो विश्वास तिमीलाई चोखै ठान्छ
तिमी ढाँटिदेऊ खालि पवित्र छु भनेर

तिमी रोइदेऊ फेरि दुई बूँद आँसु पोख्दै
तिमी धोइदेऊ ओठमा लागेका दाग मेट्दै
बिषालु आँसु तिम्रो अमृत ठानी पिउँछु
पत्थरको मूर्तिलाई भगवान सम्झी जिउँछु
तिमी ढाँटिदेऊ खालि पवित्र छु भनेर

मैले सुनेको कुरा कथा थियो भनिदेऊ
मैले देखेको दृश्य झुठो थियो भनिदेऊ
तिम्रो हरेक बहाना पत्याइदिन्छु आज
सम्पूर्ण सत्यलाई रित्याइदिन्छु आज
तिमी ढाँटिदेऊ खाली पवित्र छु भनेर