भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म र मेरो अन्धकार / हरि अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म छु
मसँग मेरोएकान्त छ
र, छ आफूलाईमात्र थाहा हुने वेदनाको दंशले
उफारिरहेको मेरो उद्विग्न ह्दय,

चकमन्न कोठामा
तार चुँडिएको पुरानो सारङ्गी छ
धूलोले छोपिएका पुराना तस्बिरहरू छन्
र, छन् अधुरा सपनाका मायालाग्दा टुक्राहरू,
आजको साँझ छ
सधैँझैँ उदास र निस्तेज
अचानक टक्क अडिएकोछ मानौँ रातको स्पन्दन,
म आफूलाई छामिरहेको छु
म आफूलाई टकटक्याइरहेको छु
स्मृतिको लामो र जीर्ण राजमार्गमा
टोलाएर उभिएको छु
भेटिने आसमा लुटिएको मेरो पहिलो प्रेम,
मसँग मेरो आफ्नै अन्धकार छ
र, छन् पुरानो घाउझैँ प्रिय मेरा पराजयहरू
जहाँनेर उज्यालोको लास परेको छ त्यहीँ
नाङ्गो, एक्लो र हताश सिमलको रूखझैँ
ठिङ्ग उभिएको छ मेरो मधुरो प्रतिविम्ब ।