भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यस्तो लाग्छ मेरो गीतको किताब हो तिम्रो आँखा / राममान तृषित

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यस्तो लाग्छ मेरो गीतको किताब हो तिम्रो आँखा
मनको मौन सोधाइको जवाफ हो तिम्रो आँखा

तिम्रो आँखा मोहनी र मायाको दोभान हो
साँच्चै भनूँ तिम्रो आँखा हिस्सीको मुहान हो
सुन्दरताको फूलबारीमा गुलाफ हो तिम्रो आँखा

तिमीसँग आँखा जुध्दा मनमा कस्तोकस्तो हुन्छ
केही लिनुपर्ने, केही दिनुपर्नेजस्तो हुन्छ
भावनाको गहिराइको हिसाब हो तिम्रो आँखा