भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वसन्तमा / ओकिउयामा ग्वाइन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अब यो वसन्त भएछ जीवन्त
प्रकृतिको प्रश्वासमा गन्धमादनको सुगन्ध भेटेर
जाग्यो मत्त लक्ष्यहीन उद्भ्रान्त
वासना-विभोर फूलमा पराग-शिहरण पुलकित भएर ।
अब पवनमा मनको रापका
तातोसित भिसेर कलीलो वसन्तको रातो-
नाना दिशामा-पहाडको ढालुमा
खेत-बारी,,बाटोनेर सल्कायो शिखाहीन आगो, कुंकुमको।
निर्झरका आनन्द पहाडले अंगालेर
विवशता बिर्सेर वृद्धताको
हेर्दछ जीवन इतिहासको, आवृत्तिमा
पवन-कम्पनले हिर्का'को मायाले
औंलाका टुप्पाले विस्तार कोपिलाको गालामा,,
तीसित अहा, लाजले मालती निहुरिने वेला
छातीको हेम्मारी चिप्लेर झरेको
अनि, पराग-रेणुका सुगन्धा सब पवनले लुटेका,-
फुल्न आँटेका कोपिला सबका
कचौरा झरेर, अचानक जागेर वसन्तलाई
खि-ति-ति, हृदय खोलेर स्वागत गरेका-
(हेर्दछ) मनोहर कति निकतामा नभए तापनि
वसन्त वेलाको
विश्व-भरी उद्भ्रान्त वासनाका विभोर भेलामा !

................................................
चित्र-लेखा-बाट, २०१५