भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

स्मृतिदाह / दान खालिङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सीमित दिनको दीर्घ सम्झना फेरि पनि फर्किआयो
भुल्दा भुल्दै सम्झी सम्झी दुइटै नयन रसायो
विरह हजारों सब गाइसकें तथापि मनमा पीर
अवशेष अझै छ, झरिनै रहेछ तरह नयनको नीर ।

मुटु मिचेर पनि यी सब मैले, प्रियतम, सहनै पर्छ
निशिदिन मैले सम्झी सम्झी विरह गाउनैपर्छ
कणा कणामा अंकित पाउँछु कथा पुरानो तीखो
आजीवन नै यो पाल्नुपर्छ ऋन्दन तीन नमीठो।

वरिपरि पुष्पित शयपत्रीले प्रतिपल रुवाइराख्छ
आकाश स्वच्छ पर पर हेरी दूर दिलासा भाग्छ
यो अश्रु-नदी, यो हाय हाय सुस्त जलन आत्माको
जली जलीकन बढिनैरहेछ निरन्तर यो व्ययाको।

तिम्रै लागि म गीत अनेकन् मुक्त पवनमा गाउँछु ।
बाँस-झाङझै सुस्केराले वरिपरि एकाश भर्छु
एकान्त रात्रि में अंधेरीमा एकलै जागो वस्छु
कुनै समयमा म पत्रदलझै प्राणहीन भएर खस्छु ।

दूरदेखि पनि हिमालय -पंक्ति देखेर खिन्न म हुन्छु
भित्र हृदयमा कहाँ कहाँ हो चस्चस् शूलले मर्छु
र कुनै नूतन आश जगाई रित्तो छाती म भर्छु
सपनाको नै धागो छाडी जीवन-घडी बिताउंछु !
................................................
इन्द्रेनी, ११५, २०१३